अनलाइन कन्फ्रेन्स मार्फत ‘प्याडिलक्स’ ब्राण्ड सार्बजनिक

विराटनगर, १५ जेठ । अन्तर्राष्ट्रिय महिनावारी स्वास्थ्य दिवसको अवसरमा नेपालमा नयाँ सेनेटरी प्याड ब्रान्ड ‘प्याडिलक्स’ बजारमा आएको छ । हेल्थ एन्ड हाईजिन प्रडक्ट प्रा.लिले प्याड बजारमा ल्याएको हो ।

नेपाली मार्केटिङ एन्ड एड्भरटाइजिङको इतिहासमै पहिलो पटक अनलाइन माध्यमबाट नयाँ ब्रान्ड सार्वजनिक भएको हो ।

बिहीबार मिस नेपाल २०१८ तथा महिला स्वास्थ्य अभियान्ता श्रृंखला खतिवडाले प्याडिलक्स ब्रान्डका सेनेटरी प्याड सार्वजनिक गरिन् । ‘‘प्याडिलक्सले नेपालमा महिनावारीलाई हेरिने रवैयालाई परिवर्तन गर्न बुलन्द आवाजको नेतृत्व गर्नेछ,’ उनले भनिन् ।’

महिनावारीको समयमा महिलालाई सुखापनको अनुभुति दिलाउने उद्देश्यले प्याडिलक्स सेनेटरी प्याडको डिजाइन गरिएको छ ।

प्याडहरुको उत्पादन मोरङ, कटरीस्थित कम्पनीको विश्वस्तीय प्लान्टमा हुनेछ ।

‘हाम्रो लागि व्यवसाय मात्र होइन, महिला स्वास्थ्यको हितका लागि हाम्रो अभियान हो ।’ हेल्थ एन्ड हाईजिन प्रडक्टका प्रमुख कार्यकारी अधिकृत राकेश लाहोतीले भने, ‘ त्यसैले, प्याडिलक्सलाई सार्वजनिक पाउँदा हामी निकै उत्साहित छौं ।’

बजारमा प्याडिलक्स ‘प्याडिलक्स अल्ट्रा’, ‘प्याडिलक्स कम्फर्ट’ र ‘प्याडिलक्स रेगुलर’ गरी तीन भेरियन्टमा उपलब्ध छ ।

२४० एमएम, २८० एमएम र ३२० एमएम गरी तीन वटा साइजमा पाइने प्याडिलक्सको बजार मूल्य रु ४० देखि रु १०० सम्म तोकिएको छ ।

Loading...