कोरोनालाई सम्बोधन गर्याे, निजी क्षेत्रलाई राहत आएन्

विराटनगर, १५ जेठ । सरकारले आगामी वर्ष २०७७-७८ का लागि ल्याएकाे बजेटले कोरोना महामारीको प्रभावलाई सम्बोधन गरेपनि निजी क्षेत्रले तत्काल राहत महसुस गर्न नसकेको उद्योग वार्णिज्य महासंघ प्रदेश १ उपाध्यक्ष राजेन्द्र राउतले बताएका छन् ।

सरकारले ल्याएको बजेटले कृषि क्षेत्रलाई सम्बोधन गरेको बताउँदै उनले निजी क्षेत्रको अपेक्षा अनुसारका प्याकेजहरु नआएको बताएका हुन ।

‘बजेटलाई समग्र रुपमा राम्रो मान्छ सकिन्छ ।’ उनले भने ‘ तर निजी क्षेत्रलाई तत्काल राहत महसुस हुने कार्यक्रम देखिएन् ।’

पर्यटन क्षेत्रकाे विकास र राेजगार मुखी कृषि कार्यक्रमहरू आएका कारण कार्यान्यन भए सकारात्मक प्रतिफल प्राप्त हुने उनले बताए ।

Loading...