ला लिगा ११ जुनबाट सुचारु हुने पक्का

एजेन्सी, १५ जेठ । कोरोना भाइरस महामारीका कारण स्थगित स्पेनको शीर्ष डिभिजनको लिग ला लिगा ११ जुनबाट सुचारु हुने पक्का भएको छ ।

ला लिगाका अध्यक्ष जाभियर टेबासले लिग ११ जुनबाट सुचारू हुने पुष्टि गरेकाे स्पेनिस मिडिया मार्काले जनाएकाे छ ।

केही दिनअघि स्पेनका स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले ला लिगा ८ जुनबाट सुचारु गर्न अनुमति दिएका थिए ।

ला लिगा २३ मार्चबाट स्थगित थियो । खेलाडीहरूले भने केही साताअघिबाट प्रशिक्षण सुरु गरेका छन् ।

यस सिजन ला लिगामा साविकको विजेता बार्सिलोना शीर्ष स्थानमा छ । ऊ दोस्रो स्थानमा रहेको रियलभन्दा २ अंकले अगाडि रहेको छ ।

Loading...