बजेटमा विराटनगरका उद्योगीको प्रतिक्रिया सकारात्मक तर कार्यान्वय पक्ष चुनौतिपूर्ण

विराटनगर, १५ जेठ । संघिय सरकारले आगामी वर्षकालागि ल्याएको बजेट सकारात्मक भएको विराटनगरको निजी क्षेत्रले बताएको छ । बिहीबार ल्याइएको बजेटले निजी क्षेत्रको मागलाई सम्बोधन गर्ने उनीहरुको भनाई छ ।

भीम घिमिरे, अध्यक्ष उद्योग संगठन मोरङ

आगामी वर्षको लागि आएको बजेटले धेरै पक्षलाई समेटेको छ । यसको कार्यान्वयनको पक्ष कस्तो हुन्छ त्यसमा भर पर्छ । यदि कार्यान्वयन भएमा हामीले माग गरेका कुराहरु सम्बोधन हुन्छन् ।
विद्युत चुहावट नियन्त्रण गर्नको लागि हामीले पटक पटक भनेका थियौ । यसरी कम्तीमा गरिबीको रेखा मुनी रहेकालाई २० युनिट निः शुल्क दिनुुहोस् भनेका थियौ ।

भीम घिमिरे

१० युनिटसम्म छुट भएका कारण गरिब जनताले विजुलीको पोलबाट हुक गरेर जोखिम मोल्ने कुरालाई केही कम हुने अपेक्षा छ । गरिब जनता उज्यालोमा बस्ने बातावरण बन्ने अपेक्षा गरेको छु । त्यसैगरी कृषीको चक्ला बन्दि खेतिलाई समेटेको छ । कृषीलाई आधुनिकीकरण गर्ने भनेको छ यी राम्रा कुराहरुमा पर्छन ।

बैदेशिक रोजगारीबाट आएकालाई कृषी र पर्यटन क्षेत्रमा संलग्न गराउन सकिन्छ । दुई क्षेत्रमा सहभागि गराएर उनीहरुलाई उद्यमी बनाउन सकिन्छ ।

मुकेश उपाध्यय, निर्वातमान अध्यक्ष उद्योग संगठन मोरङ

साना तथा मझौला उद्योगहरुलाई सरकारले महत्व दिने भनेको छ । त्यसबाट नै रोजगारीको समस्या सम्बोधन हुने हो । अब घरेलु उद्योग, कुटिर उद्योगलाई प्रोत्साहित गर्नु पर्ने हुन्छ ।

मुकेश उपाध्यय

अहिले विदेशबाट ठूलो जन शक्ति फर्किरहेको छ । त्यो जनशक्तिलाई व्यवस्थापन गर्नको लागी पनि साना तथा मझौला उद्योग स्थापनामा तिब्रता दिनुपर्छ ।

औद्योगीक क्षेत्रको कुरो आएको छ । भुमि बैकको कुरो आएको छ । भूमि बैकले खेर गैरहेको जमिन व्यवस्थापन गर्ने सरकारको सोच देखिन्छ । समग्रमा हेर्दा बजेट सुन्दा राम्रो लागेको छ ।

बजेटमा सबै भन्दा मुख्य कुरा केहो भने केरोनाको समस्या नै हो । हामीले कोरोना सँग लडनुपर्ने छ । भारतबाट पनि मानिसको ओइरो लागेको छ । त्यसलाई सरकारले कसरी व्यवस्थापन गर्छ हेर्नु पर्ने छ ।

कोरोनाको कारणले हामी उद्योगहरुको मनोबाल नै गिरेर गएको छ । यस पक्षमा पनि सरकारको कार्यक्रम महत्व पुर्ण हुनुपर्छ जस्तो मलाई लाग्छ ।

राकेश सुराना, उपाध्यक्ष, उद्योग संगठन मोरङ

उद्योगीहरुले अहिलेको महामारीको अवस्थामा बजेटमा धेरै ठूलो अपेक्षा गरेको थियो । अहिले उद्योग क्षेत्र कोरोनाको कारणले त्रासमा रहेको अवस्था छ ।

राकेश सुराना

यो बजेटमा उद्योगी व्यवसायीलाई प्रत्यक्ष रुपमा राहत महसुस हुने खालका कुनै पनि कुरा गरिएको छैन । आय करमा छुट दिएको छ । अब उद्योग नाफामा गयो भने न आयकर मा छुट दिने हो ।

उद्योग नफामा जान सक्ने अवस्था नभए पछि आय करमा छुट दिएर के हुन्छ । बैक,वित्तिय संस्था सम्बन्धि व्यजा ,विद्युत महसुल सम्बन्धमा बजेटमा केही पनि बोलेको छैन । पुनर कर्जा मध्यम वर्गीय उद्योगको लागि त्यति उपयुक्त छैन् । यो ठूलो उद्योगहरुको हकमा मात्र उपयुक्त हुन्छ । ठूला उद्योग जसले एप्रोच गर्न सक्छ उसले मात्र पाउने हो । पुनर कर्जा राष्ट्र बैकबाट सबै उद्योगहरुलाई निरव्याजी ऋणको रुपमा उपलब्ध गराएको भए हुन्थ्यो ।

लकडाउनको समयमा बन्द रहेको उद्योगलाई बढि सुविधा दिएर सञ्चालनको लागि सहज बातावरण बनाइ दिने अपेक्षा गरेका थियौ । कम चलेका र चलेका उद्योगलाई पनि त्यहि अनुसार सहयोग गर्ने अपेक्षा थियो । यसमा खासगरी विद्युुक्तको विललाई मापदण्ड बनाएर चले नचलेको हेर्न सकिन्थ्यो । जुन अपेक्षा सहितको बजेट आउने सोचेको थियौ त्यो नआएको पाए । यो बजेटबाट धेरै निराश भएका छौ ।

सुयेश प्याकुरेल, बरिष्ठ उपाध्यक्ष, उद्योग संगठन मोरङ

स्वस्थ्य, शिक्षा र पुर्वाधार क्षेत्रमा गरिएको बजेट विनियोज स्वागत योग्य छ । पूर्वाधार क्षेत्रमा भएको बजेट विनियोजनले भोलीका दिनमा उद्योग क्षेत्रलाई सहयोग पुग्ने छ ।

सुयेश प्याकुरेल

औद्योगी क्षेत्रमा भने अघिल्ला वर्षहरुको बजेटलाई नै निरन्तरता दिएको देखियो । यद्यपी साना, मझौला र कुटिर उद्योगहरुलाई राहतको व्यवस्था गरिएको छ । नविनतम सोच भएका सुरुवातकर्ता व्यवसायीहरुलाई सहुलियतमा कर्जा उपलब्ध गराइने भएको छ ।

यसबाट भविष्यमा सकारात्मक प्रतिफलको अपेक्षा गर्न सकिन्छ । औद्योगीक क्षेत्रको पुर्वाधार विकासको लागी केहि कुरा आएको छ । तर यो पुरानै निरन्तरता हो । विनियोजन भएको बजेट कार्यान्वयन भए केहि सन्तोष गर्ने ठाउ रहन्छ । अहिले महामारी छ । सरकारको राजस्व संकलन घाटामा छ । यस अवस्थामा हाम्रो अपेक्षा पनि धेरै थिएन । यस्तो अवस्थामा केहि केहि घटाउन सक्नु हुन्न भने नबढाइ पनि दिनुस भनेका थियौ । सरकारको स्रोतसाधन सिमति छ ।

आर्थिक बर्ष ७७ -७८ को बजेटबारे मोरङका उद्योगीहरुको प्रतिक्रिया

आर्थिक बर्ष ७७ -७८ को बजेटबारे मोरङका उद्योगीहरुको प्रतिक्रिया

Posted by Koshi Online on Thursday, May 28, 2020
Loading...