बजेटले कोरोनालाई सम्बोधन गर्याे तर तल्लाे तहकाे सरकारलाई निराश बनायो : इन्द्रबहादुर आङ्बो, मन्त्री

विराटनगर, ७ जेठ । संघिय सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको बजेटले कोरोना महामारीका कारण उत्पन परिस्थीतिलाई सम्बोधन गरेपनि तत्लो तहका सरकार खुसी हुने अवस्था नरहेकाे प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बताएका छन् ।

कोरोनाले थलिएको अर्थतन्त्र उकास्नका लागि सकारात्मक बजेट ल्याएपनि प्रदेश र स्थानीय तहलाई जिम्मेवार बनाउने खालको बजेट नआएकाे उनले बताएका हुन ।

अर्थतन्त्रलाई चलयमान बनाउन निजी क्षेत्रको मागलाई सम्बोधन गरिनु सकारात्मक भएकाे उनले बताए ।

घरेलु, साना तथा मध्ययम खालका व्यावसायका लागि आर्थिक उत्थान र रोजगारी सृजना गर्ने कार्यक्रम समावेश हुनु सकारात्मक रहेको उनकाे भनाइ छ ।

नीति तथा कार्यक्रम नै केन्द्रिकृत आएको बताउँदै उनले बजेटले स्थानीय र प्रदेश सरकारलाई खुसी बनाउन नसकेको बताए ।

‘नीति कार्यक्रमलाई प्रतिनिधित्व गर्ने बजेट आएको छ । बजेट असाध्यै धेरै वितरण मुखी भयो ।’ उनले भने ‘बजेट धेरै भन्दा धेरै संघिय सरकारले आफैले खर्च गर्ने भन्ने छ ।’

तत्लो तहका सरकारलाई वितीय अनुदान प्रदान गर्ने भन्दा पनि बढि भन्दा बढि संघले आफू मातहत राख्नु केन्द्रिकृत मानसिकता भएको उनको गुनासाे छ ।

‘संघिय सरकारको बजेटले प्रदेश सरकार र स्थानीय सरकार खासै उत्साहित हुनुपर्ने अवस्था छैन ।’ उनले भने ‘ त्यसमा तल्लो तहका सरकारलाई दिनुपर्ने वितिय अनुदान हस्तान्त्रण अत्यन्तै निराशाजनक छ ।’

जनतासँग नजिक तल्लो तहका सरकार भएको बताउँदै उनले केन्द्रले पनि तल्लो तहलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

‘अपेक्षा पनि तल्लो सरकारसँग बढी छ । तल्लो तहका सरकारले जनताको चाहाना अनुरुप काम गर्नुपर्छ ।’ उनले थपे ‘ तर यो बजेट चाही सिंहदरबारबाटै समग्र नेपाल सञ्चालन गर्ने खालको छ ।’

केन्द्रिकृत मानसिकताबाट आएकाे बजेटकाे कार्यान्यन पक्ष फितलो हुने उनको भनाई छ ।

Loading...