आइसोलेसनमा मृत्यु भएका बाग्लुङका युवकको रिपोर्ट ‘नेगेटिभ’


बाग्लुङ, १५ जेठ । आइसोलेसनमा मृत्यु भएका बाग्लुङका युवकको काेराेना रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

कोरोनाको शंकस्पद लक्षण देखिएपछि धवलागिरि अस्पतालको आइसोलेसनकक्षमा उपचाररत बागलुङ नगरपालिका–१३ का २३ वर्षीय युवकको कोरोना जाँच रिपोर्ट नेगेटिभ आएको हो।

मङ्गलबार भारतबाट आभएका उनलाई उच्च ज्वरो र जीउ दुख्ने समस्या भएपछि सोही दिन साँझ आइसोलेसनमा भर्ना गरिएको थियो ।

कारोना आशंकामा स्वाब संकलन गरी जाँचका लागि पोखरास्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

बुधबार साँझ गरिएको जाँचमा कोरोना नलागेको पुष्टि भएको अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले जानकारी दिए ।

नेगेटिभ रिपोर्ट आएसँगै उहाँलाई बागलुङ नगरपालिका–१ स्थित क्वारेन्टिनमा पठाइएको छ ।

युवकको स्वास्थ्य अवस्था सामान्य रहेको र ज्वरो पनि हटेको अस्पतालले जनाएको छ ।

भारतबाट आएको हुनाले १४ दिन क्वारेन्टिनमा राखेर उनलाई घर पठाइने भएको छ । उनको पाँच दिनपछि पुनः कोरोना जाँच गरिनेछ । रासस

Loading...