प्रिमियर लिगमा थप ४ जनालाई कोरोना संक्रमण

एजेन्सी, १५ जेठ । इंग्लिस प्रिमियर लिगमा थप चार जनामा कोरोना भाइरस संक्रमण भएको छ । पछिल्लो परीक्षणअनुसार तीन क्लबका थप ४ जनामा कोरोनाको संक्रमण देखिएको हो ।

तेस्रो चरणमा १८ सय खेलाडी तथा स्टाफमा परीक्षण गरिएको थियो । जसमा चार जनालाई संक्रमण देखिएको जनाइएको छ । यससँगै प्रिमियर लिगमा संक्रमितको संख्या १२ पुगेको छ ।

हालसम्म प्रिमियर लिगमा २ हजार ७ सय ५२ जना खेलाडी तथा स्टाफमा कोरोनाको परीक्षण भइसकेको छ ।

प्रिमियर लिगमा सातामा २ पटक खेलाडी तथा स्टाफको परीक्षण गर्ने गरिएको छ । संक्रमित खेलाडी तथा स्टाफलाई ७ दिन आइसोलेसनमा पठाउने गरेको छ ।

कोरोना महामारीका कारण गत मार्चबाट स्थगित प्रिमियर लिग जुनबाट सुचारु गर्ने तयारी गरिएको छ । यद्यपि, लिग क्लबले अघिल्लो साताबाट सामाजिक दूरी कायम गर्दै प्रशिक्षण गरिहेका छन् ।

Loading...