भारतीय कलाकार किरण कुमारले जिते कोरोना

एजेन्सी, १५ जेठ । केही साताअघि कोरोनाबाट संक्रमण देखापरेपच्जी सेल्फ आइसोलेसन बसेका भारतीय कलाकार किरण कुमारले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् ।

बुधबारका दिन उनले आफ्नो कोरोना परीक्षण गर्दा नेगेटिभ आएको बताएका छन् ।

अभिनेताले आफ्नो तेस्रो कोरोना भाइरस परीक्षण नेगेटिभ आएको, र उनको परिवार अझै आइसोलेसनमा बसिरहेको बताएका छन् ।

गत १४ मेमा परिक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको हो । तर, उनमा कोरोना भाइरसका कुनै पनि लक्षण देखा परेका थिएनन् ।

महिनाको सुरुमा एक सामान्य चिकित्सा प्रक्रियाको लागि अस्पताल गएका उनलाई कोरोना भाइरस टेस्टसहित पहिले केही परीक्षण गराउन भनिएको थियो ।

रिपोर्ट पोजेटिभ आउनेबित्तिकै उनी परिवार छाडेर सेल्फ आइसोलेसनमा बस्न थालेका थिए ।

किरण धेरै चलचित्रका साथै टेलिभिजन कार्यक्रमहरूको पनि हिस्सा रहेका छन् ।

Loading...