गर्भमा रहेको बच्चाको लिंगको बारेमा केही भ्रम र तथ्य

विराटनगर, १४ जेठ । गर्भवती हुँदा, आमालई मात्र नभएर परिवारका सबै सदस्यहरूलाई गर्भमा रहेको बच्चाको लिंगको बारेमा जान्न उत्सुक हुन्छन् ।

यो उत्सुकता शताब्दीयौंदेखि चल्दै आएको हुँदा यस विषयमा धेरै धारणा, कथा तथा भ्रमहरू छन् ।

गर्भमा रहेको बच्चाको लिंग पत्ता लगाउन धेरै तरिकाहरू पनि सुन्नमा आउने गर्छन् जसमा कुनै पनि वैज्ञानिक आधार छैन ।

धेरै पटक, गर्भवती महिलाहरूको लक्षणका आधारमा गर्भमा रहेको बच्चाको लिंगको अनुमान गरिएको हुन्छ । गर्भमा रहेको बच्चाको लिंगको विषयमा रहेका केही भ्रम र तथ्यहरू:

भ्रम: गर्भावस्थामा मर्निङ सिक्नेस हुँदा गर्भमा छोरा हुन्छ ।

तथ्य: ७० देखि ८० प्रतिशतसम्म गर्भवती महिलाहरूलाई मर्निङ सिक्नेस हुन्छ । यो गर्भावस्थाको पहिलो त्रैमासिकमा उच्च हो तर, केही महिलाहरूमा डेलिभरी नभएसम्म पनि यो समस्या हुन सक्छ । गर्भअवस्थामा हर्मोनल परिवर्तनका कारण मर्निङ सिक्नेस हुने हुँदा यसले बच्चाको लिंगसँग कुनै सम्बन्ध राखेको हुँदैन ।

भ्रम: बच्चाको मुटुको दर प्रतिमिनेट १२० बिट्स छ भने, छोरा हुन्छ ।
तथ्य: अध्ययनका अनुसार पहिलो ३ महिनामा छोरा र छोरीको मुटुको दरमा कुनै फरक हुँदैन । भ्रुणको सामान्य हृदयदर १२० देखि १६० बीपीएम हुन्छ जुन गर्भावस्थाको सुरुवाती चरणमा १४० देखि १६० बीपीएमसम्म र गर्भावस्थाको अन्तिम चरणमा १२० देखि १४० बीपीएमसम्म हुन सक्छ ।

भ्रम: गर्भमा रहेको बच्चा छोरी भए आमाको छाला खराब र छोरा भए कपाल राम्रो हुन्छ ।
तथ्य: हर्मोनको स्तरमा परिवर्तनको कारण छाला र कपालमा विभिन्न प्रकारको परिवर्तन हुन्छ ।

भ्रम: नुनिलो वा अमिलो चीज खाने इच्छा भए छोरा हुन्छ ।
तथ्य: यो कुरालाई प्रमाणित गर्न कुनै वैज्ञानिक तथ्य छैन । पोषणको कमी वा हार्मोनल परिवर्तनहरूको कारण यस्ता खानेकुराको चाहना हुन सक्छ ।

भ्रम: गर्भावस्थामा बेबी बम्प तलतिर छ भने छोरो भएको संकेत हो ।
तथ्य: बर्थ जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार बच्चाको लिंग बेबी बम्पबाट पत्ता लगाउन सकिँदैन । बेबी बम्प बच्चा र गर्भाशयको आकारसँग सम्बन्धित हुन सक्छ ।

भ्रम: गर्भवा छोरा भए गर्भवती महिलाको मूड धेरै परिवर्तन हुँदैन ।
तथ्य: मूड स्विंग गर्भावस्थामा हर्मोनल परिवर्तनको कारण हुन्छ । यसमा बच्चाको लिंगसँग कुनै सम्बन्ध हुँदैन ।

Loading...