न्यूजिल्याण्डका अस्पतालबाट कोरोना संक्रमित सबै डिस्चार्ज भए

एजेन्सी, १४ जेठ । न्यूजील्याण्डमाको अस्पतालमा कोरोना संक्रमित बिरामी बाँकी नरहेको जनाइएको छ ।

न्यूजील्याण्डको अस्पतालमा संक्रमितहरू बाँकी नरहेको न्यूजील्याण्ड सरकारले जानकारी दिएका हुन् ।

बीबीसीका अनुसार स्वास्थ्य विभागले कोभिड १९को अन्तिम बिरामीलाई हिजो मंगलबार साँझ अस्पतालबाट डिस्चार्ज गरिएको हुँदा अब कुनै अस्पतालमा कोभिड १९ का बिरामी नरहेको बताएको छ ।

साथै, न्युजील्याण्डमा गत पाँच दिनदेखि कोरोना भाइरसबाट संक्रमित हुने कुनै व्यक्ति पनि रिपोर्ट गरिएको छैन ।

करिब ५० लाख जनसंख्या रहेको न्यूजील्याण्डमा हालसम्म कोरोनाबाट १५ सय जना व्यक्ति संक्रमित भएको र २१ जना व्यक्तिको मृत्यु भएको रेकर्ड गरिएको छ ।

न्यूजील्यान्डलाई कोरोनाविरुद्ध एक ‘सफल मोडल’ को रूपमा देखिन्छ ।

न्यूजील्याण्डमा सामुदायिक प्रसारण रोक्न सफल भएका कारण स्वास्थ्य विभागका अधिकारीहरू विश्वस्त छन् ।

तर, न्युजील्याण्डले आफ्नो सिमाना विदेशी नागरिकहरूको लागि खोल्दा परिस्थिति थप चुनौतीपूर्ण हुन सक्ने बताइएको छ ।

Loading...