कोरोना भाइरसले आँखालाई असर गर्‍यो : बेलायतका प्रधानमन्त्री

एजेन्सी, १४ जेठ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले थुप्रै वर्षपछि चस्मा लगाउन आवश्यक भएको महशूस गरिरहेको बताएका छन् ।

सोमबार डाउनिङ स्ट्रिट पत्रकार सम्मेलनमा बोरिसले आफू कोरोना भाइरसबाट संक्रमित भएपछि आँखाको ज्योतिसम्बन्धी समस्या आएका कारण चस्मा लगाउन आवश्यक परेको बताएका हुन् ।

कोरोना भाइरसले आँखाको ज्योतिलाई असर गर्ने भएको कारणले थुप्रै वर्षपछि चस्मा लगाउन आवश्यक भएको महशूस गरिरहेको बोरिसले डाउनिङ स्ट्रिटलाई बताएका छन् ।

२६ मार्चमा बोरिसलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य गम्भीर भएपछि उनलाई कैयौं दिन आइसियूमा राखिएको थियो ।

बोरिसको यो बयान उनका प्रमुख सहयोगी डोमिनिक कमिङ्ग्सको बयानपछि सार्वजनिक भएको हो ।

कमिङ्ग्सले देशभरी लकडाउन लागू भएका बेला आफ्नो आँखा परीक्षण गर्नका लागि बर्नार्डले ६० मिलको यात्रा गरेको बताएका थिए ।

कोरोना भाइरसका कारण आँखाको समस्या असामान्य भएको बताउँदै विशेषज्ञहरूले यसबारे केही जानकारी प्राप्त नभएको बताएका छन् ।

आँखाको दृष्टिमा समस्या आउनु कोरोना भाइरसको लक्षणको रूपमा एनएचएसले सूचीबद्ध गराएको छैन । आधिकारिक लक्षणहरूमा जोरो, खोकी र हालै थपेको लक्षणहरूमा गन्ध हराउने स्वादको भावनामा परिवर्तन आउनु हो ।

Loading...