काठमाडौं, १४ जेठ । स्वस्तिश्री गुरुकुल स्कूल काठमाडौंले नेपाल मेडिकल एशोसिएसनलाई एक सय थान ज्याकेट सहयोग गरेको छ ।

कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा खटिने चिकित्सकहरुलाई लकडाउनका बेला आवतजावत र पहिचानमा सहजताका लागि ज्याकेट सहयोग गरेको हो ।
स्वस्तिश्री गुरुकुल स्कूलका तर्फबाट डा. लुःज मानन्धरले एशोसियसनका महासचिव डाक्टर बद्रि रिजाललाई ज्याकेट हस्तान्तरण गरेका हुन ।