birat ribon

फेसबुकबाट केही दिनको ब्रेक लिँदै वर्षा

Neuro
फेसबुकबाट केही दिनको ब्रेक लिँदै वर्षा

एजेन्सी, १४ जेठ । अभिनेत्री वर्षा सिवाकोटीले केही दिनको लागि फेसबुकबाट ब्रेक लिन लागेको बताएकी छन् ।

Padelux insider
cura insider

उनले आफू फेसबुकबाट केही दिन टाढा रहने जानकारी दिँदै सबैलाई सुरक्षित रहन पनि आग्रह गर्दै पोस्ट गरेकी हुन् ।

केही दिन अगाडी नेपाल र भारतबीच उत्पन्न भएको सीमा विवादका सन्दर्भमा दिएको एक अभिव्यक्तिका कारण अभिनेत्री वर्षा राउत विवादमा मुच्छिदा वर्षा सिवाकोटी पनि तनावमा छिन् ।

नाम मिल्ने भएको कारणले झुक्किएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनलाई समेत सुझाव तथा गाली गर्न पछि परेका छैनन् ।

हरेकको मेसेज र कमेन्टको रिप्लाई गर्न साध्य नभएको कारणले अभिनेत्री वर्षाले फेसबुकमा मेसेज पठाउनु र कमेन्ट गर्नुअघि नाम थर हेर्ने कष्ट गरिदिनका लागि आग्रहसमेत गरेकी थिइन् ।

jackson ribon