बुन्डेसलिगा : बायर्नले डर्टमुण्डलाई उसैको मैदानमा हरायो

विराटनगर, १३ जेठ । जर्मन बुन्डेसलिगामा उपाधि दाबेदार टोली बायर्न म्यूनिखले साघुँरो जित निकालेको छ ।

शनिबार राति भएको खेलमा बायर्नले बोरुसिया डर्टमुण्डविरुद्ध १–० गोलको जित निकालेको हो ।

डर्टमुण्डको मैदानमा भएको ‘डेर क्लासीकर’ बायर्नलाई जिताउन जोसुआ किम्मिचले निर्णायक गोल गरे ।

खेलको ४३औं मिनेटमा किम्मिचले गरेको गोल नै बायर्नलाई जिताउन निर्णायक बनेको हो ।

यससँगै बायर्नले डर्टमुण्डविरुद्ध ७ अंको अग्रता बनाएको छ । जारी लिगमा बायर्न ६४ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानको डर्टमुण्डसँग ५७ अंक रहेको छ ।

जितसँगै बायर्नले उपाधि जित्ने सम्भावना पनि थप बलियो बनाएको छ ।

बायर्न डिफेन्डिङ च्याम्पियन क्लब हो भने डर्टमुण्ड साविकको उपविजेता टोली हो । अघिल्लो सिजन बायर्नले २ अंकले अग्रता बनाउँदै उपाधि जितेको थियो ।

Loading...