विराटनगर रानी नाकाबाट भित्रिए २५० नेपाली

झापादेखी रुकुमपश्चिमसम्मका नेपाली होल्डिङ एरियामा

विराटनगर, १३ जेठ । लकडाउनका कारण भारतको सीमावर्ती क्षेत्रमा अलपत्र परेका २५० नेपाली विराटनगर आएका छन् ।

मंगलबार जोगवनीमा अलपत्र परेका २५० जना नेपाली नेपात्र भित्रिएका हुन ।

सामान्य स्वास्थ्य जाँचपछि भित्रिएकाहरुलाई विराटनगरको डिएभी स्कुलमा निर्माण गरिएको होल्डिङ एरियामा राखिएको मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए ।

मंगलबार भारत र नेपालको प्रशासनको समन्वयमा विराटनगर भित्र्याइएको बताउँदै उनले सबैलाई सम्बन्धित जिल्लामा पठाइने बताए ।

विराटनगरतर्फ पठाइने मानिसहरुको अवस्था बुझ्‍न प्रजिअ भुजेलसहित विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली पनि जोगबनी सीमासम्म पुगेका थिए ।

नेपाल भित्रिएकाहरुमा रुकुम पश्चिमदेखि झापासम्मका छन ।

Loading...