चिकित्सकलाई मास्क र स्यानिटाइजर वितरण

विराटनगर, १३ जेठ । नेपाल चिकित्सक संघ, कोशी अञ्चल शाखाले चिकित्सकहरुलाई मास्क र स्यानिटाइजर वितरण गरेको छ ।

मंगलबार हिमानी ट्रष्टको सहयोगमा निरन्तर स्वास्थ्य सेवा प्रवाह गर्दै आएका चिकित्सकहरुलाई वितरण गरेको हो ।

शाखाले आज विराटनगरका अस्पतालहरुमा कार्यरत करिब ४०० चिकित्सकहरुलाई वितरण गरेको नेपाल चिकित्सक, कोशी शाखाका अध्यक्ष डा. फरवार्ड सिलवालले बताए ।

Loading...