एकसातामा भरिए मोरङका क्वारेन्टाइन

विराटनगर, १३ जेठ । मोरङमा क्वारेन्टाइनमा बस्नेको संख्या ४२३ पुगेको छ । केही दिन अघिसम्म खाली रहेका क्वारेन्टाइनमा बस्नेको संख्या मंगलबारसम्म ४२३ पुगेको हो ।

मोरङका ३४ स्थानमा क्वारेन्टाइन निर्माण गरिएको छ ।

मोरङमा जम्मा ४४५ जना अटाउने क्षमताका क्वारेन्टाइन तयारी अवस्थामा छन् । भारतबाट फर्कनेको संख्या बढ्दै गएका कारण क्वारेन्टाइन थप गर्ने तयारी भइरहेको छ ।

६ जेठसम्म मोरङका क्वारेन्टाइनमा ८५ जना बसिरहेका थिए । तर भारतमा रेलसेवा सुरुभएसँगै नेपाल भित्रनेको संख्या बढेको छ ।

नेपाल भित्रिएकाहरुलाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए ।

Loading...