समाचार प्रभाव : राहत पाउदा खुशी भए विराटनगरका फची ऋषिदेव

विराटनगर, १३ जेठ । विराटनगर–१९ घिनाघाटको मुसहर बस्तीका अशक्त फची ऋषिदेवले राहत पाएका छन् ।

राहत नपाएका कारण अशक्त फचीको खाना नपाउने अवस्थामा पुगेको समाचार कोशी अनलाइनले प्रकाशित गरेपछि मंगलबार उनले राहत पाएका हुन् ।

फचीलाई राष्ट्रिय युवा संघ नेपाल, विराटनगर महानगरपालिका कमिटिले २५ केजी चामल, चिउरा, भुजा, दाल, तेल, नुन, तरकारी र पाँच सय रुपैंयाँ सहयोग गरेको छ ।

दैनिकी कष्टकर रहेको समाचार पढेपछि राहत वितरण गरिएको युवासंघ महानगरका पूर्व अध्यक्ष शुशिल रिजालले जानकारी दिए । फचीलाई आगामी दिनमा पनि सहयोगको गर्ने रिजालले बताए ।

फचीलाई युवासंघकी पूर्व केन्द्रिय सदस्य सन्तोषी श्रेष्ठले राहत सामाग्री हस्तान्त्रण गरेकी थिइन ।

क्षयरोगका कारण थलिएका फची प्यालाइसिस भएका कारण घरबाट बाहिर निस्कन सक्दैनन् । श्रीमतीका साथमा बाँसको सानो कटेरोमा बसिरहेका छन् । रोगी भएका कारण उनलाई दुई सन्तानले छाडेर भारत गए ।

फचीलाई श्रीमतीले अरुको भाडा माजेर पाल्दै आएकी थिइन । तर कोरोना कारण उनको काम पनि बन्द भएपछि भोकभोकै बसिरहेका थिए ।

दैनिक हातमुख जोड्न मुस्किल परिरहेको अवस्थामा राहत पाएपछि फचीले खुशी हुँदै भने ‘सहयोग गर्ने तपाईहरु सबैलाई धेरै धन्यवाद ।’ सोमबार कोशी अनलाइनको टोली पुग्दा उनले रुदै खान नपाउने अवस्था आएको बताएका थिए ।

काल पर्खन विवस फची मुसहरको बेहाल जीवन – कोशी रिपोर्ट

नाम मात्रको घरको चिसो भुइँमा मुडो जस्तो भएर अशक्त बिरामी फची लडेको एक वर्ष भयो । विराटनगर–१९ को सुकुम्बासी बस्तीमा उनको मुस्किलले ९ बाई ६ को कटेरो जस्तो साघुँरो घरको कोठा नै संसार भएको छ । भोकले दनदन आगो बलेको पेटलाई सहन गर्न नसकेपछि गहभरि आँशु पार्दै फची भुइँमा लडिरहन्छन् ।https://www.koshionline.com/2020/05/25/201287.html

Posted by Koshi Online on Monday, May 25, 2020
Loading...