बिरगन्जमा सरकारी र निजी चिकित्सक बिच कुटाकुट

पर्सा , १३ जेठ । दुई नम्बर प्रदेशको विरगन्जमा निजी र सरकारी अस्पतालमा कार्यरत दुई चिकित्सक बिच कुटाकुट भएको छ ।

विरगन्ज स्थित नारायणी उपक्षेत्रीय अस्पतालका जुनियर चिकित्सक डाक्टर दीपक चौरसिया र नेशनल मेडिकल कलेजका डाक्टर मधुरञ्जन सिंह बिच मंगलबार कुटाकुट भएको हो ।

नारायणी अस्पतालका चिकित्सक बस्दै आएको टाउन हल क्वारेन्टाइन स्थलमा पुगेर सिंह नेतृत्वको टोलीले समाजिक सञ्जामा भएको कुराकानीको बिषयमा बिबाद गरेको थियो ।

सोही क्रममा डा सिँहको टोलीले डा चौरसियामाथि आक्रमण गरेको थियो । कुटपिटबाट चौरसिया समान्य घाइते भएको पर्सा प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीहरुका अनुसार निजी अस्पतालमा कार्यरत डा सिँहले वाटसएपमा सरकारी चिकित्सकहरुलाई गालीगलौज गर्ने गरेका थिए ।

सरकारी अस्पतालका जुनियर चिकित्सकहरुले त्यसको प्रतिबाद गरेका थिए । सोही बिषयलाई लिएर डा सिँहको टोलीले क्वारेन्टाइनमै पुगेर डाक्टर चौरसियामाथि आक्रमण गरेको हो ।

उक्त्त घटनावारे चिकित्सक संघ पर्साले मेलमिलापको प्रयास गरिरहेको जानकारी गराएको छ ।

Loading...