न्यूजील्याण्डमाको अस्पतालमा एउटा मात्र कोरोना संक्रमित बाँकी

एजेन्सी, १३ जेठ । विश्वभर कोरोना भाइरसको महामारी फैलिएको बेलामा न्यूजील्याण्डमाको अस्पतालमा एउटा मात्र कोरोना संक्रमित बाँकी रहेको जनाइएको छ ।

बीबीसीमा उल्लेख गरिएअनुसार न्यूजील्याण्डमा केवल २२ जना संक्रमितहरू बाँकी छन्, जसमध्ये २१ जना घरमै उपचाररत रहेका छन् । भने, एक जना अस्पतालमा उपचाररत रहेका छन् ।

करिब ५० लाख जनसंख्या रहेको न्यूजील्याण्डमा हालसम्म कोरोनाबाट १५ सय जना व्यक्ति संक्रमित भएको रिपोर्ट गरिएको छ भने २१ जना व्यक्तिको मृत्यु भएको छ ।

न्यूजील्याण्डमा घरेलु संक्रमण हुने सक्ने चेन भाँचिएको कुरामा त्यहाँका अधिकारीहरू विश्वस्त छन् ।

मे महिनामा नयाँ संक्रमितको संख्या रिपोर्ट गरिएको छैन । न्यूजील्याण्डको अधिकतर ठाउँहरूबाट लकडाउन हटाइएको छ ।

तर, न्युजील्याण्डले आफ्नो सीमाना विदेशी नागरिकहरूको लागि खोल्दा परिस्थिति थप चुनौतीपूर्ण हुन सक्ने बताइएको छ ।

Loading...