भारतको ऐतिहासिक नक्सामा लिपुलेक र लिम्पियाधुरा नेपालमै

काठमाडौं, १३ जेठ । भारतले जारी गरेका पुराना आधिकारीक नक्सामा लिपुलेक र लिम्पियाधुरा नेपालकै भुभागमा देखिएको छ ।

यस अघि नेपालको नक्साबाट गायब भएको लिपुलेक र लिम्पियाधुरालाई भारतको ऐतिहासिक नक्सामा नेपालमा देखिएको हो ।

भारतले सन् १८२३, १८४८ र १८५८ मा जारी गरेको नक्सामा कालीनदीलाई सीमा क्षेत्र मानिएको छ ।

कालीनदीको मुहान लिम्पियाधुरामा पर्ने उल्लेख छ । भारत आफैंले जारी गरेको पुरानो नक्सा नै ऐतिहासिक एक प्रमाण हो ।

सन् १८३० मा सर्भे भएको आधारमा जारी हिन्दुस्तानको पश्चिमी प्रदेशको नक्सामा लिम्पियाधुराबाट बग्ने कालीनदीको मुहानलाई नेपालको सिमानाका रुपमा उल्लेख गरिएको छ ।

भारत आफैले पुनः प्रिन्ट गरेर सन् १८४८ मा नक्सा जारी गर्दा पनि लिम्पियाधुराबाट बग्ने कालीनदीलाई सीमा मानेको छ ।

तर, अहिले भारतले सानो खोलालाई कालीनली भएको दाबी गर्दै आएको छ ।

Loading...