भारतमा कोरोना : एकैदिनमा १ सय ४८ को मृत्यु

काठमाडौं, १३ जेठ । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण एकै दिनमा १ सय ४८ जनाले ज्यान गुमाएका छन् ।

वर्ल्डो मिटर्स डट इन्फोका अनुसार भारतमा मंगलबार बिहानसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ हजार १७२ पुगेको छ ।

संक्रमितको संख्या १ लाख ४४ हजार ९ सय ५० पुगेको छ ।

सोमबार एकैदिनमा ६ हजार ४ सय १४ नयाँ संक्रमित थपिएका छन् भने १४८ जनाको मृत्यु भएको वर्ल्डो मिटर्सले जनाएको छ ।

संक्रमितमध्ये ६० हजार ७०६ मानिस उपचारपछि निको भएर घर फिर्किएका छन् ।

भारतमा अहिले ८० हजार भन्दा बढीमा कोरोना भाइरस सक्रिय छ ।

तीमध्ये ८ हजार ९४४ को अवस्था गम्भीर रहेको छ ।

Loading...