विराटनगरको निशान छापमा नेपालको नयाँ नक्सा

विराटनगर १२ जेष्ठ । विराटनगर महानगरपालिकाले सरकारले जारी गरेको नयाँ नक्सा महानगरपालिकाको निशान छापमा प्रयोग गरेको छ ।

विराटनगर महानगरका मेयर भीम पराजुलीले कार्यालय प्रयोजनमा आएको निशान छापमा नक्सा संसोधन गराएका हुन ।

सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा जारी गरेको छ ।

सोमवार आफ्नो कार्यकक्षमा सजाएको निशानछापमा रहेको नेपालको नक्सा परिवर्तन गरिएको हो ।

Loading...