कोरोनासँग जुध्न प्रधानमन्त्री ओलीका ‘पाँच टिप्स’

विराटनगर, १२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनालाई पराजित गर्न पाँचवटा टिप्स दिएका छन् । निरोगी नेपाल निर्माण अभियानमा रहेकाे बताउँदै उनले पाँचवटा टिप्स दिएका हुन ।

नेपालीको मनोबल उच्च र प्रतिरोध क्षमता असाधारण रहेको बताउँदै प्रधानमन्त्री ओलीले दिएका पाँच टिप्स यस्ता छन ।

१, यस महामारीसँग लड्दै निरोगी नेपाल निर्माणमा आफूलाई तयार राख्न उपलब्ध आहारलाई स्वच्छ र सन्तुलित बनाऔं ।

२, लकडाउनको समयमा उपलब्ध फुर्सदलाई स्वस्थ रहन उपयोग गरौं । शारिरीक र स्वास प्रस्वासको चुस्तताको लागि घरैभित्र व्यायामलाई निरन्तरता दिऊँ ।

३,भाइरस फोहरमा रमाउँछ, आफ्नो शरीर र बासस्थान दुबैको सरसफाईमा एकदमै ध्यान दिऊँ ।

४, स्वस्थ रहनका लागि पर्याप्त आराम आवश्यक छ, यसमा ध्यान दिऊँ ।

५, उच्च मनोबल कायम राखौं । भय र त्रास, चिन्ता र आशंकाले रोग–व्याधीका विरुद्धको लडाईँमा कमजोर तुल्याउँछ ।

Loading...