मदिरा र सुर्तीमा कर बढाउन समितिको निर्देशन

काठमाण्डाैं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि केन्द्रित गरेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकले मदिरा तथा सुर्तीजन्य पदार्थमा कर बढाउन र बढाएको करबाट उठ्ने राजश्व स्वास्थ्य क्षेत्रमा केन्द्रित गरी लगानी गर्न सरकारलाई सुझाव दिएको सभापति जयपुरी घर्तीले जानकारी दिए । रासस

Loading...