आज थप २४ जना कोरोनामुक्त

विराटनगर, १२ जेठ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट निको हुनेको संख्या १ सय ११ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा आज थप २४ जनामा कोरोनामुक्त भएको जानकारी दिइएको हो ।

मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार पर्साका १८ जना, धनुषा, काठमाडौं, दाङ, धादिङ, बर्दिया र सर्लाहीका एक–एक जनाले कोरोना जितेका हुन् ।

नेपालमा संक्रमितको संख्या भने ६ सय ८२ रहेको छ । आज थप ७६ जनामा संक्रमण भएसँगै संक्रमितको संख्या ६ सय ६२ पुगेको हो ।

कोरोनाबाट मृत्यु हुनेको संख्या पनि ४ पुगेको छ । गत ४ जेठमा मृत्यु भएका एक जनाको कोरोना रिपोर्ट सोमबार (आज) पोजिटिभ आएको हो ।

Loading...