नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८२ पुग्यो

विराटनगर, १२ जेठ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमण हुनेको संख्या ६ सय ८२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा आज थप ६ जनालाई संक्रमण भएकाे जानकारी दिइएको हाे ।

मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बर्दियाका ३ जना, पर्साका दुई जना, अछामका एकजना र काठमाडौंका एक जना गरी ६ जनामा संक्रमण देखिएको हो ।

यसैगरी ४ जेठमा मृत्यु भएका एक जनामा आज नै काेराेना पुष्टि भएकाे छ ।

यसअघि सोमबार बिहान नै ७० जनामा संक्रमण पुष्टि भएको थियाे ।

Loading...