अलपत्र नेपालीलाई योजना बनाएर नेपाल ल्याउन सरकारलाई निर्देशन

काठमाण्डौ , १२ जेठ । संघिय संसदको संसदिय समितिले सीमा क्षेत्रमा अलपत्र र विदेशमा रहेका नागरिकहरुको व्यवस्थित उद्धार गर्न सरकारलाई निर्देशन गरेको छ ।

संघिय संसदको कानुन , न्याय तथा मानव अधिकार समितिले हरेक नागरिकको आफ्नो देश आउन पाउने अधिकारकार भएकोले अल्पकालिन र दिर्घकालिन योजना बनाएर अलपत्र नागरिकलाई स्वदेश ल्यान निर्देशन गरेको हो ।

नेपाल ल्याएपछि क्वारेन्टाइनमा राख्नुपर्ने र पीसीआर परीक्षणपछि मात्रै घर पठाउने व्यवस्था गर्नुपर्ने व्यवास्था पनि हुनुपर्ने समितिको निर्देशनमा छ ।

पीसीआर परीक्षणको दायरा बढाउन पनि निर्देशन

सबै प्रदेशका मुख्य ठाउँमा प्रयोगशालाहरु निर्माण भएपनि व्यापक रुपमा परीक्षण हुन नसकेको उल्लेख गर्दै संसदको कानुन , न्याय तथा मानव अधिकार समितिले परीक्षणको दायरा बढाउन सरकारलाई निर्देशन गरेको हो ।

सभापति कृष्णभक्त्त पोखरेलले ल्याबहरुको स्तर वृद्धि गर्दै परीक्षणको दायरा बढाउन सोमवार बसेको बैठकले निर्देशन गरेको जानकारी गराए ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार क्वारेन्टाइन निर्माण गरी क्वारेन्टाइनमा बस्ने व्यक्तिहरुको स्वास्थ्य उपचार, खान र बस्ने सुनिश्चिता गर्न पनि सरकारलाई संसदिय समितिले निर्देशन दिएको छ ।

Loading...