एकल महिलाको भत्ता कटौती नगर्न सरकारलाई निर्देशन

विराटनगर, १२जेठ । एकल महिलाहरुको समाजिक भत्ता कटौती नगर्न संघिय संसदको समितिले सरकारलाई निर्देशन गरेको छ ।

प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिले एकल महिलाहरुले खाइपाइ आएको भत्ता कटौती नगर्न सोमवार सरकारलाई निर्देशन गरेको हो ।

एकल महिलाहरुले ६० वर्ष पुगेपछि मात्रै भत्ता पाउने प्रावधान सरकारले लागु गरेपछि समितिले चालु अधिवेशनबाट ऐन संशोधन गरी भत्ता दिन निर्देशन दिएको छ ।

कोरोनाबाट पीडित नागरिकलाई राहतभन्दा आहत हुने भएकाले सम्बन्धित कानून संशोधन गरी एकल महिलालाई भत्ताको प्रवन्ध गर्न सरकारलाई निर्देशन दिइएको समिति सभापति कृष्णभक्त पोखरेलले बताए ।

Loading...