प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा सम्बोधन गर्ने

काठमाडौं, १२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।

ओलीले सोमबार साँझ ५ः३० बजे राष्ट्रको नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

थापाले फेसबुकमा लेखेका छन्, ‘५ः३० बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नुहुनेछ । त्यसअघि साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ ।’

यसअघि ओलीले ७ चैत २०७६ मा पनि राष्ट्रको नाममा सम्बोधन गरेका थिए ।

Loading...