नयाँ नक्सा राख्न ‘फास्टट्रयाक’ बिधिबाट संबिधान संशोधन हुने

काठमाण्डौ , १२ जेठ । नेपालको नयाँ नक्सालाई बैधानिक बनाउनकालागि ‘फास्ट ट्रयाक’ बिधि अपनाएर संबिधान संशोधन गर्ने तयारी भएको छ ।

अनुसूचीको निशान छाप भित्र भएको पुरानो नेपालको नक्सालाई हटाएर नयाँ राख्नकालागि ‘फास्ट ट्रयाक’ बिधि अपनाएर सरकारले संबिधान संशोधन गराउन लागेको हो ।

यसकालागि प्रतिनिधि सभामा कानुन मन्त्री डा शिवमाया तुम्वाहाम्फले १० जेठमा संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता गराइसकेकी छन ।

संघिय संसद सचिवालयका अनुसार उक्त्त प्रस्ताव संसदको बैठकमा १३ जेठमा प्रस्तुत हुदैछ ।

अत्यावश्यक प्रस्वता र बिधेयकहरु संसदबाट प्रकृया छोटयाएर द्रुत बिधिबाट पारित गराउन पाउने संसद सञ्चालन नियमावलीमा व्यवस्था छ ।

संविधानको भाग ३१ को धारा २७४ अनुसार संविधान संशोधन विधेयक संसदमा पेश भएपछि सर्वसाधरणको जानकारीका लागि ३० दिनभित्र सार्वजनिक सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था छ ।

संबिधान शंसोधनकालागि प्रदेश सभाको स्विकृती आवश्यक परेमा पनि ३० दिन भित्र लिइसक्नुपर्ने छ ।

सरकारले ५ बैसाखमा नीति तथा कार्यक्रम मार्फत भारतले अतिक्रमण गरेको भूमी सहितको नयाँ नक्शा सार्वजनिक गर्ने निर्णय घोषणा गरेको थियो ।

६ बैसाखमा संबिधान शंसोधनकालागि सरकारले संसदमा प्रस्ताव दर्ता गराएको थियो । संसदबाट पारित भएपछि संसोधित संबिधान १५ दिनभित्र राष्टपतिले प्रमाणीकरण गरिसक्नुपर्दछ ।

Loading...