बेसनको फेस प्याकले छालामा गर्छ लाभ

विराटनगर, १२ जेठ । धेरै महिलाहरू लकडाउनका कारणले पार्लर जान पाइरहेका छैनन् भने कोही महिलाहरू पार्लर गएर खर्च गर्न मन पराउँदैनन् ।

अहिलेको समयमा महिलाहरूले आफ्नो अनुहारको ख्याल राख्न घरमै पाइने सामग्रीहरूले फेस प्याक बनाएर लगाउने गरिरहेका छन् ।

यस्तो अवस्थामा, अधिकांश महिला तथा केटीहरूले भान्सामा बेसनको प्रयोग गरिरहेका छन् ।

बेसनको पेस्ट वा फेस प्याक सबै प्रकारका छालाहरूमा सूट गर्छ । अनुहारमा बेसनको प्रयोगबाट हुने फाइदाहरू :

सुन्दर छालाको लागि – सूर्यको किरण वा प्रदूषणको कारण उत्पन्न हुने छालाका समस्याहरूलाई सामना गर्न बेसनको प्याक लाभदायक हुन्छ । बेसनको फेस प्याकले असमान रंग, अनुहारमा भएको दाग हटाउन र मरेको छालाको कोशीकामा धेरै फाइदाजनक हुन्छ ।

तैलीय छालाका लागि – तैलीय छालामा पिम्पलको समस्या धेरै हुन्छ । तैलीय छालालाई सामान्य राख्न र यसको सुन्दरतालाई बढाउनको लागि बेसनलाई रोज वाटरसँग प्रयोग गर्नुपर्छ ।

यस प्याकलाई छालामा नसुकेसम्म लगाएर पानीले धुनुपर्छ । यसबाहेक बेसनमा दूधको छाली, दही पनि मिसाउन सकिन्छ ।

सुख्खा छाला – सुक्खा छालालाई नरम बनाउनका लागि बेसनमा दूधको छाली, मह र एक चिम्टी हल्दी मिसाएर लगाउनु पर्छ । यसले छालालाई नरम बनाउनुका साथै अनुहारको सुख्खापन हटाएर अनुहारलाई उज्यालो बनाउन मद्दत गर्छ ।

घामले डढेको छाला – घामको कारणले डढेको छालामा बेसन एकदमै प्रभावकारी हुन्छ । यसले मृत छालालाई हटाएर छालाको चमक फर्काउँछ ।

यसको लागि बेसनमा दही, हल्दी तथा कागतीको रस राखेर मिसाउनु पर्छ । दैनिक वा हप्ताको दुई पटक गर्नाले समेत उक्त फेस प्याकले छालालाई चाँडो सफा र चम्किलो बनाउँछ ।

पोर्सको लागि – छालाका रौँ छिद्रहरू खुल्दा फोहोर चाँडै छालामा छिर्छ, जसले पिम्पल वा अन्य छालाका समस्या उत्पन्न गर्छ । यसको लागि काक्राको रस र गुलाबजललाई बेसनमा मिसाएर अनुहारमा लगाउदा लाभदायक हुन्छ ।

Loading...