लकडाउनका कारण बन्द रहेका रेष्टुरेन्ट र बार खोलेपछि बियर ‘फ्री’

एजेन्सी, १२ जेठ । चेक रिपब्लिकमा सोमबारदेखि रेष्टुरेन्ट र पब खोल्नलाई अनुमति दिइएको छ ।

देशमा रक्सी बनाउने सबैभन्दा ठूलो कम्पनीले यस अवसरलाई जनसम्पर्क कार्यक्रममा परिणत गरेको छ ।

drink

चेक मिडियाका अनुसार पिल्सनर उर्केल्सले नामको बियर उत्पादक कम्पनीले चेक रिपब्लिकको जुनसुकै पब तथा रेष्टुरेन्टमा उक्त कम्पनिको बियर अर्डर गर्ने व्यक्तिलाई थप अर्को बियर फ्री दिने घोषणा गरिएको छ ।

बियर उत्पादक कम्पनीका प्रवक्ताले आफूहरूले आफ्ना ग्राहकलाई यस्तो संकटको समयमा जिम्मेवार व्यवहार देखाएकोमा धन्यवाद दिएर र आफ्नो नर्मल दैनिकीमा फर्किन आग्रह गरेका छन् ।

Loading...