नेपाली भूमि फिर्ताको प्रक्रिया सुरु गर्न माग राख्दै डा. केसीद्वारा २ दिने सत्याग्रह घोषणा

काठमाडौं, १२ जेठ । डा. गोविन्द केसीले नेपाली भूमि फिर्ताको प्रक्रिया सुरु गर्न माग राख्दै २ दिने सत्याग्रह घोषणा गरेका छन् ।

दार्चुलामा रहेका उनले सोमबार विज्ञप्ति जारी गरेर नेपाली भूमि फिर्ता प्रक्रिया सुरु गर्न र सर्वसाधारणको जीविकाको उचित व्यवस्था गर्न माग राख्दै २ दिने सत्याग्रह घोषणा गरेका हुन् ।

शिक्षा, स्वास्थ्य, यातायात र जीविकाको उचित व्यवस्था गर्न माग राख्दै उनले २० जेठबाट दुई दिने सत्याग्रह गर्ने घोषणा गरेका हुन् ।

विज्ञप्तिमा उनले आफ्नो विगतका अनसनमा सरकारसँग भएको सहमति कार्यान्वयन गर्न पनि माग गरेका छन् ।

Loading...