हाइड्रोक्साइक्लोरोक्वाइन सेवन गर्न छाडेँ, स्वस्थ छु : राष्ट्रपति ट्रम्प

एजेन्सी, १२ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाइड्रोक्सीक्लोरोक्विन नामक औषधिको सेवन गर्न छोडेका छन् ।

केहL साताअघिदेखि कोरोना भाइरसबाट बच्नका लागि हाइड्रोक्सीक्लोरोक्विन औषधि सेवन गरिरहेका थिए ।

ह्वाइट हाउसमा भएको बैठकमा ट्रम्पले मलेरियाको उपचार गर्न प्रयोग गरिने हाइड्रॉक्सीक्लोरोक्विन लिन सुरु गरेको बताएका थिए ।

हालै दिएको एक अन्तर्वार्तामा उनले केही हप्तादेखि औषधि लिइरहेको र हालसम्म सबैको अगाडि स्वस्थ छु भनेर बताएका छन् ।

राष्ट्रपतिले हाइड्रोक्सीक्लोरोक्वाइन प्रयोगले पाएको फाइदाहरूको प्रशंसा गर्ने डाक्टरहरूबाट चिठीहरू र कलहरू पाएका थिए ।

ट्रम्पले यस अघि फ्रन्टलाइनमा काम गर्नेहरूले कोरोना भाइरसबाट बच्नको लागि यो औषधि लिइरहेकोसमेत बताएका थिए ।  

मलेरियाको उपचारमा प्रयोग गरिने यो औषधि कोरोना भाइरसको उपचारमा कति प्रभावकारी रहेको छ भनेर विश्व स्वास्थ्य संगठनले हालसम्म केहि पुस्टि नभएको बताउँदै आएको छ ।

साथै, खाद्य र औषधि प्रशासनले औषधिले हृदयमा समस्या हुने जोखिमको कारण बन्न सक्ने हुँदा अस्पतालहरू वा क्लिनिकल परीक्षण बाहिर कोरोना भाइरस उपचारको लागि औषधिको उपयोगमा चेतावनीसमेत दिएको छ ।

Loading...