birat ribon

त्रिवि शिक्षण अस्पतालमा पीसीआर परीक्षण ल्याब सञ्चालन

Neuro
त्रिवि शिक्षण अस्पतालमा पीसीआर परीक्षण ल्याब सञ्चालन

विराटनगर, १२ जेठ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पीसीआर परीक्षण ल्याब पुर्ण क्षमतामा सञ्चालन हुन थालेको छ ।

cura insider

राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाका निर्देशक डा. रुना झाले सोमवारदेखी पीसीआर ल्याब पूर्ण क्षमतामा सञ्चालन गर्न थालेको बताइन ।

नेपालमा कोरोना संक्रमणको दर बढ्दो क्रममा रहेकाले परीक्षणको दायरा पनि बढाउन पूर्ण क्षमतामा ल्याव सञ्चालन थालेको उनको भनाई छ ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटाले एक ‘सिफ्ट’मा ९६ जनाको स्वाव परीक्षण गर्ने क्षमताको ल्याव स्थापना भएको जानकारी गराए ।

हाल देशभरी पीसीआर परीक्षणका लागि १७ वटा ल्याबहरु सञ्चालनमा आएका छन् ।

jackson ribon