पाकिस्तानमा पनि बढ्दै कोरोनाका संक्रमित, एकैदिन १७ सयभन्दा धेरैमा संक्रमण

पाकिस्तान, १२ जेठ । पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ ।

प्राप्त समाचारअनुसार पाकिस्तानमा संक्रमितको संख्या ५६ हजार ३४९ पुगेको सोमबार पाकिस्तानी अधिकारीले बताएका छन् ।

विगत २४ घण्टामा पाकिस्तानमा १ हजार ७४८ संक्रमित थपिएका बताइएको छ ।

पाकिस्तानमा संक्रमित मध्येका १ हजार १६७ व्यक्तिको अहिलेसम्म मृत्यु भएको पनि अधिकारीहरले जानकारी दिएका छन् ।

वर्ल्डाेमिटरले जनाएअनुसार पाकिस्तानमा आइतबार मात्र ३४ जना संक्रमितको ज्यान गएको छ ।

पाकिस्तानी समाचार संस्था जिओ न्यूजले सबैभन्दा बढी प्रभावित पाकिस्तानको सिन्ध राज्यमा रहेको बताएको छ ।

त्यसपछि कोरोना भाइरस संक्रमित राज्यमा पञ्जाव, खैबर पाख्तुनख्वा,बालोचिस्तान, गिलगित बाल्टिस्तान, इस्लामावाद र पाकिस्तान प्रशासित काश्मिरमा रहेका छन् ।

संक्रमितहरुमध्ये १७ हजार ४८२ जना व्यक्ति उपचारपछि निको भएर घर फर्किएका पनि प्राप्त समाचारमा जनाइएको छ ।

अधिकारीहरूले यहाँका विभिन्न अस्पतालमा ३७ हजार ७०० जना संक्रमितले उपचार गराइरहेको जनाएका छन् ।

Loading...