‘राष्ट्रिय अभियानमा अगाडी बढ्न पर्वहरुले प्रेरणा दिन्छ’ : मन्त्री भट्टराई

विराटनगर, १२ जेठ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालमा मनाईने पर्वहरुले राष्ट्रिय अभियानमा हातेमालो गर्दै अगाडी बढ्न सबैलाई प्रेरणा दिने बताएका छन् ।

ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद–उल–फित्र (ईद) का अवसरमा सोमबार विहान शुभकामना सन्देश दिदै मन्त्री भट्टराईले जहाँ छांै, त्यहीं, सुरक्षित रुपमा रहेर चाड मनाउन अनुरोध समेत गरेका छन् ।

हाल देश लकडाउनको अवस्थामा रहेको र कोरोना महामारी फैलिएकाले सहज हुन आग्रह गर्दै मन्त्री भट्टराईले सन्देशमा लेखेका छन् ‘कोभिड –१९ विरुद्धको यो संघर्षमा विजय प्राप्त गर्न सरकारले जारी गरेका निर्देशन पालना गर्नु हामी सबैको कर्तव्य हो ।’

‘कुनै पनि देशको सभ्यता र सम्पन्नताका सूचक भनेकै त्यहाँको भाषिक, धार्मिक, सांस्कृतिक विविधता हो,’ सन्देशमा लेखिएको छ ‘जुन कुराले हामी सम्पन्न छौंै, सुशोभित पनि छौं ।’

Loading...