प्रदेश प्रमुखको शुभकामना ‘सञ्चारमाध्यमको प्रयोग गर्दै ईदुल फित्र मनाउँ’

विराटनगर, १२ जेठ । प्रदेश १ प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले महामारीको अवस्था भएकाले सञ्चार माध्यमको प्रयोग गर्दै ईदुल फित्र मनाउन आग्रह गरेका छन् ।

सोमबार मुस्लिम समुदायको महान चाड इदुल फित्रको अवसरमा शुभकामना दिदै प्रमुख प्यासीले कोरोना भाइरसबाट सुरक्षित रहन यस पर्वबाट शक्ति प्राप्त होस भनेका छन् ।

‘विश्वमा कोरोना भाइरस कोभिड १९ को महामारीले आक्रान्त पारिरहेको यस परिस्थितसँग हामी आ–आफ्नो स्थानमा रहेर बाचेर, बचाएर जुध्ने शक्ति प्राप्त होस भन्ने कामना गर्छु’ उनले भनेका छन् ।

शुभकामना शन्देश मार्फत नै उनले कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरु प्रति श्रद्धा१जली र संक्रमितको स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

Loading...