कोरोना कहर : ३ लाख ४४ हजार ७ सय बढीको मृत्यु

विराटनगर(एजेन्सी), ११ जेठ । कोरोना भाइरस संक्रमणको कारण अहिलेसम्म ३ लाख ४४ हजार ७ सय ७३ जनाको मृत्यु भएको छ ।

आइतबार बेलुकासम्ममा ५४ लाख ४७ हजार ६ सय ७४ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । यही अवधिमा २२ लाख ७४ हजार ४ सय ७९ जनालाई भने निको भएको छ ।

अहिलेसम्म सबै भन्दा बढी अमेरिकामा ९८ हजार ७ सय ९२ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

अहिलेसम्म अमेरिकामा १६ लाख ७२ जहार ४ सय ६३ जना संक्रमति भएका छन् ।

यस्तै बेलायतमा ३६ हजार ६ सय ७५ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।


भारतमा अहिलेसम्म १ लाख ३७ हजार ६ सय ८ जनालाई कोरोना संक्रमणको पुष्टि भइसकेको छ । यस्तै ४ हजार ४ जनाको मृत्यु भइसकेको छ ।

Loading...