कोरोना रोकथामका लागि युद्धस्तरमा काम गर्न कांग्रेसको अपिल

काठमाडौं, ११ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमण बढेको र मृत्युका घटना समेत भएको भन्दै गम्भीरतापूर्वक लिँदै सरकारलाई स्थितिको गहन समीक्षा गरेर युद्धस्तरमा कार्य गर्न अपिल र माग गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयमा आज बसेको पार्टी पदाधिकारी बैठकले नेपालमा पहिलो सङ्क्रमित भेटिएको चार महिना र लकडाउन भएको दुई महिना पूरा हुँदासम्म अझै पनि परीक्षण सुस्त गतिमा हुनु, पर्याप्त स्वास्थ सामग्री नहुनु, क्वारेन्टिनहरु नाम मात्रको हुनु, राहतको पर्याप्त प्याकेजको प्रबन्ध गर्न नसक्नुलाई सरकारको असक्षमताका रूपमा टिप्पणी गरेको छ ।

बैठकले काममा गति बढाउन, आवश्यक सम्पूर्ण प्रबन्ध गर्न र पिसिआर परीक्षण निःशुल्क रुपले व्यापक बढाउन सरकारसमक्ष माग गरेको काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

भारतको विभिन्न शहरबाट सीमामा आइपुगेका नेपालीलाई व्यवस्थित ढङ्गले प्रवेश गराउन, क्वारेन्टिनमा राख्न र पिसिआर परीक्षणपश्चात् मात्रै घर पु¥याउने प्रबन्ध गर्न बैठकले माग गरेको छ ।

Loading...