भारतबाट नेपाल आउँदै गर्दा मृत्यु

चन्द्रौटा, ११ जेठ । भारतको गुजरातबाट नेपाल आउँदै गर्दा एक जना नेपालीको मृत्यु भएको छ ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा ९ का ३५ वर्षीय कृष्णबहादुर गैरेको बाटोमा नै मृत्यु भएको हो ।

अत्यधिक बान्ता गरेका कारण उनको मृत्यु भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।

मृतक गैरेले अत्याधक मदिरा सेवन गरेका सँगै आएकाले बताएका छन् ।

भारतबाट दुई बस रिजर्भ गरेर आइतबार गैरेसहित ९१ जना नेपाल प्रवेश गरेका छन् ।

उनको मृत्युको सबै कारण खुल्न सकेको छैन ।

गैरेसहित उनीसँग सम्पर्कमा रहेका १० जनाको स्वाब परीक्षणका लागि भैरहवा पठाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । उनको शव परिवारको जिम्मा लगाइएको छ ।

Loading...