रुसमा निको हुनेको संख्या १ लाख नाघ्यो

एजेन्सी, ११ जेठ । केही सातादेखि रुसमा कोरोना भाइरसका संक्रमितको संख्या दैनिक ८ हजार बढीले बढिरहेको बेला निको भएर घर फर्किनेको संख्या एक लाख नाघेको छ ।

रुसमा आज पनि ८ हजार बढीमा संक्रमण रेकर्ड गरिएको छ ।

अहिलेसम्मको वर्ल्डोमिटरका तथ्यांकअनुसार रुसमा आज ८ हजार ५ सय ९९ नयाँ संक्रमितहरू रेकर्ड भएको छ ।

आज नयाँ संक्रमित थपिएसंगै रुसमा ३ लाख ४४ हजार ४ सय ८१ जनामा संक्रमण पुष्टि भएको हो ।

ती संक्रमितमध्ये आज १ सय ५३ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३ हजार ५ सय ४१ पुगेको छ ।

रुसमा संक्रमितको संख्या लगातार बढे पनि मृतुदर भने कम रहेको बेला आजको मृतकको संख्या केही दिनयताको उच्च हो ।

१ लाख १३ हजार २ सय २९ जना सफल उपचारपछि निको भएर घर फर्किसकेका छन् भने २ लाख २७ हजार ६ सय ४१ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् ।

यीमध्ये २३ सय गम्भीर अवास्थ्यमा छन् । रुस अहिले कोरोना प्रभावितको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो नम्बरमा छ ।

Loading...