बंगलादेशमा कोरोना बिरुद्धको औषधी ‘बेम्सिभिर’ उत्पादन भएको दाबी

, ११ जेठ । विश्वभरि महामारी फैलाइरहेको कोरोना भाइरस कोभिड १९ नियन्त्रणको औषधी बंग्लादेशले बनाउन सफल भएको दाबी आएको छ ।

कोरोनाको औषधी उत्पादन गर्न सफल भएको दाबी गर्ने क्रम चलिरहेको बेला पछिल्लो पटक दक्षिण एसियाली देश बंगलादेशको ‘बेक्सिम्को’ फर्माले ‘बेम्सिभिर’नामको कोरोना नियन्त्रण गर्न सक्ने औषधी बनाएको दाबी आएको हो ।

‘जेनेटिक’ नाम‘ रेमडेसिभिर’ रहेको उक्त्त औषधीको प्रयोगले कोरोना संक्रमितको उपचारमा सकारात्मक लक्षण देखिएको बंगलादेशको दाबी छ ।

बंगलादेशस्थित अमेरिकी खाद्य तथा औषधी विभागले कोभिड–१९ का बिरामीको आपतकालीन उपचारमा ‘रेमडेसिभिर’को प्रयोग गर्न सकिने बताइसकेको सार्वजनिक भएको छ ।

कोरोनाको उपचारमा उपयोगी हुने उक्त्त औषधीलाई जापानको स्वास्थ्य मन्त्रालयले पनि कोभिड–१९ का बिरामीको उपचारमा प्रयोग गर्न अनुमति प्रदान गरेको जानकारीमा आएको छ ।

आम सञ्चार माध्यमहरुमा भनिए अनुसार बंगलादेशको नियमनकारी निकायले पनि नमुना परीक्षण गरेर ‘बेम्सिभिर’ नामको उक्त्त औषधी उत्पादन र बिक्री वितरणकालागि अनुमति प्रदान गरिसकेको छ ।

औषधी उत्पादनक कम्पनीका अनुसार पहिले कोरोना बिरुद्धको बेम्सिभिर औषधीको प्रयोग बंगलादेशकै सरकारी अस्पतालमा भर्ना भएका संक्रमित बिरामीको निःशुल्क उपचारबाट शुरु गरिने छ ।

त्यसपछिको सफलतासँगै उत्पादनमा बृद्धी गरेर त्यसको बजारमा बिक्रि बितरण गरिनेछ । पहिलो लटमा उत्पादन गरिएको बेम्सिभिर औषधी उत्पादक कम्पनीले बंगलादेश सरकारलाई आपुर्ति गराउने छ ।

यसैले तुरुन्तै उक्त्त औषधी बजारमा भने उपलब्ध हुनेछैन । बेक्सिम्को फर्माले यसअघि पनि ‘फाबिपिराभिर’ नामको औषधी उत्पादन गरेको थियो ।

उक्त्त औषधी चीनले आफ्ना कोभिड–१९ का बिरामीको उपचारमा प्रयोग गरेको बताइएको छ ।

Loading...