कोरोना संक्रमित सूचिको दोस्रो नम्बरमा ब्राजिल

विराटनगर, ११ जेठ । तीव्र रूपमा विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण केही दिनयता ब्राजिलमा संक्रमितको संख्या बढिरहेको छ ।

त्यस्तै कोरोना भाइरसबाट धेरै प्रभावित रहेको देशको सूचिमा ब्राजिल दोस्रो नम्बरमा पुगेको छ ।

हाल विश्वको कोरोना प्रभावित मुलुकको सूचीमा रुसलाई उछिन्दै ब्राजिल अगाडी आएको हो ।

अहिलेसम्मको वर्ल्डोमिटरका तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ब्राजिलमा एकै दिन १६ हजार बढी संक्रमितहरू रेकर्ड गरिएको छ ।

केही दिनदेखि ब्राजिलमा लगातार १० हजार बढी संक्रमितहरू रेकर्ड भइरहेका छन् ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ८ जना र अहिलेसम्म १ हजार ७ सय १५ जना संक्रमित थपिएसँगै ब्राजिलमा हालसम्म ३ लाख ४९ हजार १ सय १३ जनामा संक्रमण पुष्टि भएको छ ।

ती संक्रमितमध्ये २४ घण्टामा ९ सय ६५ र आज मात्र १ सय ५२ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या २२ हजार १ सय ६५ पुगेको छ भने १ लाख ४२ हजार ५ सय ८७ जना निको भएर घर फर्किसकेका छन् ।

कोरोना प्रभावितको सूचिमा अमेरिका पहिलो नम्बरमा रहेको छ भने रुस दोस्रो नम्बरबाट झरेर तेस्रोमा पुगेको छ ।

Loading...