काठमाडौं, ११ जेठ । कोरोना महामारीका कारण देश पूरै लकडाउनको मारमा परेको छ । यस्तो विषम परिस्थितिमा सर्वसाधारणलाई अत्यावश्यक वस्तुमा कालोबजारीको विगविगी पनि निकै बढीरहेको छ ।
अहिलेको स्थितीमा मास्क, पञ्जा र सेनिटाईजर अति नै आवश्यक वस्तुमा पर्छन् । काठमाडौंको तीन फार्मेसीले भने यो आपत्को समयमा, सर्वसाधारणलाई मास्क महंगो मूल्यमा बेचेर झनै मर्कामा पार्ने कोशिश गरेको छ ।
हाइमास्कतथा के एन–९० फाइभ मास्क बढी मूल्यलिएर बेचेको पाइएपछि वीर अस्पताल अगाडिका पवित्र प्रोगेस फार्मेसी, मेगन फार्मेसी र अनुमान फार्मेसीलाई दुई/दुई लाख जरिवाना गरीएको विभागले जनाएको छ ।
फार्मेसीलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आईतबार दुई/दुई लाख रुपैयाँ जरिबाना तिराएको हो ।