birat ribon

बंगलादेशमा अध्यनरत बिद्यार्थी नेपाल ल्याइदिए अभिभावक खर्च बेहोर्न तयार

Neuro
बंगलादेशमा अध्यनरत बिद्यार्थी नेपाल ल्याइदिए अभिभावक खर्च बेहोर्न तयार

काठमाडौं, ११ जेठ । बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुका अभिभावकले आफनै खर्चमा आफना सन्तानहरुलाई नेपाल ल्याइदिन सरकारसँग आग्रह गरेका छन ।

बंगलादेशमा पढन गएका ६ सय बढी नेपाली बिद्यार्थीहरु दुई महिनादेखि लकडाउनका कारण उतै कष्ट झेलेर अडकिरहेकोले आफनै खर्चमा उनीहरुलाई नेपाल ल्याइदिन अभिभावकहरुले सरकारसँग माग गरेका हुन ।

cura insider

अभिभावकहरु भन्छन , ‘हामी सबै खर्च बेहोर्न तयार छौ सरकारले मात्र हाम्रा छोराछोरीलाई नेपाल ल्याइदियोस ।,

बंगलादेशको ढाकामा चिकित्सा शिक्षा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई स्वदेश फर्काउनको लागि सम्पूर्ण खर्च व्यहोर्ने प्रतिबद्धता अधिकारीहरुसँग गरेपनि सरकारले चासो नदिएको गुनासो अभिभावकहरुको छ ।

अभिभावक विनोद रञ्जितका अनुसार बंगलादेशमा ६ सय ५० बिद्यार्थी अध्यन गरिरहेका छन । र हालसम्मकोभिड १९ बाट संक्रमित भएका छैनन ।

तर उनीहरुलाई ल्याउन ढिलाई भएमा संक्रमित हुन सक्ने अभिभावकहरुको चिन्ता छ ।

अभिभावक मुकुन्द जोशीका अनुसार उनका छोरा सहित सबै बिद्यार्थीहरुले आफुहरुलाई नेपाल ल्याउदिन ढाकाबाट दुई महिनादेखि अनुनय विनय गरिरहेका छन् ।

बंगलोशमा रहेका नेपाली राजदूतसँगपनि उनीहरुले आग्रह गरेका छन् । तर कतैबाट सुनवाई भएको छैन ।

अभिभावक डा. मनोजकृष्ण श्रेष्ठले सरकारले बंगलादेशबाट विद्यार्थीहरुलाई स्वदेश फर्काउन ढिलाई गर्न नहुने बताए ।

अहिलेसम्म उनीहरु सुरक्षित रहेकोले यही अवस्थामा उनीहरुलाई ल्याए देशका कर्णधारहरुलाई जोगाउन सकिन्छ भने ।

ढाकाबाट यहाँ ल्याईसकेपछि क्वारेन्टिनमा राख्ने र उनीहरुलाई व्यवस्थापन गर्ने कुरापनि अभिभावकहरुले नै जिम्मा लिने बताएका छन ।

अधिवक्ता डा. दिनेश त्रिपाठीले सरकारले विलम्ब नगरी बंगलादेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनुपर्ने माग गरे ।

ढिलाई भएमाख अभिभावकले गरेको लाखौ लगानी डुब्नुको सार्थै देशले होनकार जनशक्त्ति गुमाउनुपर्ने अवस्था आउनसक्छ भने ।

उनका अनुसार बंगलादेशमा रहेका विद्यार्थीहरुमध्ये अधिकांश एमडी अध्ययनरत छ ।

jackson ribon