birat ribon

क्वारेन्टाइनमा रक्सी पुर्‍याउनेलाई पाँच हजार जरिवाना

Neuro
क्वारेन्टाइनमा रक्सी पुर्‍याउनेलाई पाँच हजार जरिवाना

चितवन, ११ जेठ । क्वारेन्टिनमा रहेका आफन्तलाई घरेलु मदिरा पुर्‍याउने क्रममा राप्ती नगरपालिकाका एक जनालाई स्थानीय प्रशासनले जरिवाना तिराएको छ ।

क्वारेन्टाइनमा बसेका आफन्तलाई रक्सी लगिदिनेलाई स्थानीय प्रशासनले पाँच हजार रुपैयाँ जरिवाना गराएको हो ।

cura insider

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ईश्वर सिंखडाका अनुसार राप्ती नगरपालिका वडा नं ३ का २५ वर्षीय कुमार थपलियालाई जरिवाता तिराइएको हो ,

उनका अनुसार थपलियाले बुद्ध शान्ति माविमा रहेको क्वारेन्टिनमा रहेका आफन्तलाई घरेलु मदिरा र्पुयाउन जाँदा इलाका प्रहरी कार्यालय भण्डाराले बुधबार साँझ नियन्त्रणमा लिएको हो ।

घरेलु मदिरासहित नियन्त्रणमा लिइएका थपलियालाई प्रहरीले बिहीबार जिल्ला प्रशासन कार्यालयमा बुझाएको थियो ।

प्रशासनले उनीसँगको बयानपछि जरिवाना तोक्दै अबदेखि यस्तो नगर्न सचेत गराएर छाडेको छ ।

jackson ribon