birat ribon

संघिय संसदको लोगो परिवर्तन हुने

Neuro
संघिय संसदको लोगो परिवर्तन हुने

काठमाण्डौ , ११ जेठ । सरकारले नयाँ नक्सा जारी गरेपछि संघीय संसदको लोगो पनि परिवर्तन हुने भएको छ।

cura insider

राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समिति बैठकले निर्णय गरेपछि अव प्रतिनिधि सभाको प्रतिकको रुपमा रहेको लोगो पविर्तन हुने भएको हो ।

सरकारले अतिक्रमित भूभाग सहितको नेपालको नयाँ नक्सा जारी गरेपछि संसदको लोगोमा प्रयोग भएको नक्सा पनि परिवर्तन गर्नुपर्ने छ ।

संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले सरकारले नेपालको परिवर्तित नक्सा राजपत्रमा प्रकाशन गरेपछि लोगोमा प्रयोग भएको नक्सा सोही अनुसार परिवर्तन गर्ने निर्णय गरिएको जानकारी गराए ।

समितिको बैठकले संघीय संसदका दुबै सदनमा सांसदहरुले प्रयोग गर्दै आएको लोगोमा एकरुपता ल्याउनका लागि प्रतिनिधिसभालाई अनुरोध पनि गरेको छ ।

हाल संघिय संसदको लोगोमा दुवै हत्केलामाथि राष्टिय झण्डा र नेपाकाले पुरानो नक्सा अंकित छ ।

राष्ट्रियसभा नियमावली २०७५ को नियम २२१ अनुसार सांसदहरुको पोशाक र संघीय संसदको प्रतिक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा अध्यक्षले तोके बमोजिम हुने व्यवस्था छ ।

jackson ribon