लकडाउनमा हजारौं सौन्द्धर्यकर्मी बेराजगार, व्यवसाय चौपट

बबिता लिम्बू
विराटनगर, ११ जेठ । सुमित्रा मगर नर्सिङ विषयको स्नातक दोस्रो वर्षकी विद्यार्थी हुन् । नर्सिङकी विद्यार्थी भएपनि सौन्द्धर्य क्षेत्रमा उनको विशेष रुचि छ । मगरले व्यवसायीक रूपमा सौन्द्धर्य पेशा अपनाएको तीन वर्ष भईसक्यो ।

पाँच बर्ष अघिबेलबारी–४ की स्थानीय बासीन्दा मगर अध्ययनको सिलसिलामा काठमाडौं आएकी थिइन् । हाल ललितपुर, ग्वार्कोमा बस्दै आएकी मगरले ‘प्रोफेसनल मेकअप’ र ‘मास्टर्स ईन मेकअप’ गरी दुई मेकअप कोर्स गरेकी छिन् । उनले फेसबुक पेजमा ‘मेकअप बाई सुमित्रा’ भन्ने आफ्नै पेज पनि खोलेकी छिन् । यसै पेजमार्फत उनको सौन्द्धर्य व्यवसाय चलिरहेको छ ।

मगरलाई लकडाउन अघि बिहेका लागि सौन्द्धर्य सिँगारकालागि थुप्रै ठाउँबाट प्रस्ताव आएको थियो । तर राम्रो कमाई हुने मुख्य सिजन वैशाख महिनामा बेहुली सिँगार्ने प्रस्ताव अस्वीकार गर्नुपर्‍यो । लकडाउनले पार्लर नै बन्द गर्नुपरेकोले व्यापार पनि खस्कियो । लकडाउनले गर्दा उनी सेवाग्राहीको घरमा पनि जान पाएकी छैनन् ।

मगर भन्छिन्, ‘विशेषगरी वैशाख महिनामा राम्रो कमाई हुने गर्थ्यो । तर अहिले धेरै बिहे रोकिएको छ, मानिसहरूले सिँगारीन छाडेका छन्, यसैले सौन्दर्य व्यवसायीहरूलाई आर्थिक रूपमा निकै नै असर परेको छ ।’

बेलबारीकी पूजा लामा खुश्बु ब्यूटी पार्लरमा काम गर्छिन् । ब्यूटीसियन तालिम लिएपश्चात सौन्द्धर्य क्षेत्रमा लामाले प्रवेश गरेको दुई वर्ष भयो । सौन्द्धर्य क्षेत्रमा प्रवेश गरेर ब्यूटीसियन पेशाबाट लामाले आम्दानी गर्न थालेको धेरै भएको थिएन । तर लकडाउनको कारण लामाको सीप घरमै थुनिएको छ ।

लामा भन्छिन्, ‘म व्यवसायिक रूपमा भर्खर त अघि बढ्दै थिएँ । चिनेजानेको साथीभाइ र आफन्तहरूको बिहेबाट थुप्रै अफर आएको थियो त्यहींअनुसारमा मेकअपका सामग्रीहरू खरिद गरेको थिएँ, लकडाउन भयो सबै बर्बाद भयो ।’

लामा र मगरका अनुसार सौन्द्धर्य व्यवसायीहरूको ठ्याक्कै यतिनै मासिक कमाइ हुन्छ भने छैन । एउटा बिहेमा मेकअपको लागि थोरैमा १५ हजार लिनेको गरेको लामा बताउँछिन् । यसलाई नै सरदर मेकअप रेट मानेर वैशाखभरी नेपालमा हुने भनिएका विवाहको संख्यालाई मात्र गुणन गर्ने हो भने लकडाउने सौन्द्धर्य व्यवसायमा लाखौ घाटा पुर्‍याएको छ ।

अझ प्रोफेशनल मेकअप आर्टिस्टहरूले त ब्राईडल मेकअप (बेहुलीलाई मात्र गरिने मेकअप) को समेत लाख लिने मगर बताउँछिन् । कस्तो मेकअप गर्ने हो त्यहीँअनुसारको मूल्य हुने गरेको मगरले बताइन् ।

अर्को सौन्दर्य व्यवसायी र सौन्दर्यकर्मीहरूका लागि मुख्य सिजन भनेकै वैशाख र मंसिर महिना हो । यही बेला व्यवसाय बन्द भएपछि धेरै सौन्द्धर्यकर्मी बेरोजगार बनेका छन् ।

अहिले भइरहेको लकडाउनले मानिसको स्वास्थ्यको सुरक्षा गरिरहेको भएपनि थोर बहुत आफूहरूलाई घाटा र व्यवसायमा भने ठूलो असर पुर्‍याइरहेको सौन्द्धर्य व्यवसायीहरूको गुनासो छ ।

विशेषगरी बिहे हुने महिनामा मात्रै सौन्द्धर्य व्यवसायीहरूको कमाइ हुने भएको र यस वर्षको वैशाख महिनामा कमाइ हुन नपाएकाले सौन्द्धर्य व्यवसायमा आबद्ध भएका मानिसहरूलाई मर्का परिरहेको छ ।

सुमित्रा मगर र पूजा लामा प्रतिनिधि मात्र हुन् । कोरोना महामारीका कारण देशभरि नै लकडाउनको अवस्था छ । उनीहरूको जस्तै लकडाउनले सौन्द्धर्य व्यवसायमा प्रत्यक्ष असर पुर्‍याएको छ ।

राष्ट्रिय सौन्द्धर्यकर्मी युनियन नेपाल प्रदेश नं १ की अध्यक्ष आशा लिम्बूका अनुसार वैशाख–जेठ जस्तो मुख्य सिजनमा बिहे हुन नपाउँदा व्यापार व्यावसाय चौपट भएको छ । धेरै सौन्द्र्धय व्यवसायीहरु बेरोजगार बनेका छन् ।

उनका अनुसार लकडाउनले गर्दा प्रदेश नं १ मा दर्ता भएका एक हजार व्युटीपार्लरमा काम गर्ने ५ हजार बढी सौन्द्धर्यकर्मीहरू र उनीहरूको परिवार प्रत्यक्ष मारमा छन् । सबैको एउटै आपेक्षा छ, ‘कोरोना चाँडै नियन्त्रणमा आओस् र लकडाउन खुलोस् अनि काम गरेर जिविका चलाउन पाइनेछ ।’

Loading...